काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजले बिसिए र बिएससि-सिएसआइटि अध्ययनका लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार बौद्ध स्थित हायात रिजेन्सी होटेलमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै कलेजले स्नातक तहमा आइटी पढ्न भर्ना भएका विद्यार्थीलाई कलेजबारे जानकारी दिएको हो।
सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभागीय प्रमुख सर्विन सायमीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। लिपफ्रग टेक्नोलोजीकी सिनियर प्रोजेक्ट म्यानेजर संगीता शर्मा, कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जन, विभिन्न विभागका कोअर्डिनेटरहरु, सेन्ट लरेन्सका शिक्षक, शिक्षिका तथा आइटी पढ्न भर्ना भएका विद्यार्थीहरूको समुपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम निर्देशक विष्णुहरि न्यौपानेले विद्यार्थीले अबको ४ वर्ष गर्ने मेहनतले उनीहरू कस्तो बन्छन् भन्ने निर्धारण गर्ने बताए। उनले विद्यार्थीले गर्ने मेहनतमा साथ दिन कलेज परिवार हरदम तयार रहेको भनाई राखे। सेन्ट लरेन्समा फ्याकल्टी, ल्याब र सिकाई वातावरण उत्कृष्ट रहेको भन्दै उनले कलेजले सिप विकासको अवसर प्रदान गर्दै सबैलाई सक्षम र उद्यमी बनाउने उल्लेख गरे।
कार्यक्रममा बिसिए बिएससि-सिएसआइटि कोअर्डिनेटर वसन्त ज्ञवालीले कोर्स तथा अध्ययन प्रक्रिया सहित ४ वर्ष के के गर्ने, भविष्य कस्तो छ, कलेजको नियमहरू के के छन् लगायतका विषयमा विद्यार्थीलाई अभिमुखीकरण गरेका थिए। उनले सेन्ट लरेन्सले इन्टर्नसिप र प्लेसमेन्टका लागि सम्झौता गरेका संस्थाहरूका बारेमा जानकारी दिनुका साथै अध्ययन पछिका अवसरहरू बारे पनि जानकारी गराए।
त्यस्तै कार्यक्रममा बिसिए अध्ययनरत विद्यार्थी प्रकाश ढुंगानाले अध्ययनका दौरान आफूले प्राप्त गरेको अनुभव र अध्ययन पछि रोजगारी प्राप्त गर्न सेन्ट लरेन्स कलेजले गरेको सहयोगका बारेमा जानकारी गराएका थिए भने कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले आइटी अध्ययनको महत्त्व, त्यसले दिने अवसरहरू, कलेजले गर्दै आएका गतिविधिहरू सहित देशको अर्थतन्त्रमा आइटी क्षेत्रको योगदान बारे सविस्तार चर्चा गरेका थिए।
कार्यक्रमकी विशेष अतिथि लिपफ्रग टेक्नोलोजीकी सिनियर प्रोजेक्ट म्यानेजर संगीता शर्माले रूपान्तरण गर्ने आइटीको शक्ति र त्यसले निर्माण गर्ने भोलिको भविष्य बारे प्रस्तुति दिइन्। उनले आफ्नो विद्यार्थी काल देखि विभिन्न कम्पनीहरूमा काम गर्दाको अनुभव विद्यार्थीहरू माझ बाँडिन ।आइटीको विकासले हाम्रो जीवनमा पारेको प्रभाव, भोलीको अवस्था र भविष्य बारे पनि उनको प्रस्तुति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सायमीले भव्य कार्यक्रम गरेको भन्दै सेन्ट लरेन्सलाई बधाई दिए। आफूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकोमा आभारी रहेको बताएका उनले आफू भन्दा प्रमुख अतिथि नवआगन्तुक विद्यार्थी रहेको उल्लेख गरे । विश्वविद्यालय अन्तर्गत आइटी विभागमा विभिन्न तहमा भएका कार्यक्रमहरू र अध्ययन प्रक्रिया बारे जानकारी प्रदान गरेका उनले हाल त्रिविले गर्दै आएका कार्यक्रमहरू र अबका योजनाहरू विद्यार्थीहरू माझ बाँडे। सबै कोर्सहरूलाई एकै ठाउँ राखेर हेर्न नमिल्ने उल्लेख गरेका उनले आइटीमा दैनिक रूपमा विभिन्न परिवर्तनहरू भइरहने हुँदा कलेजले नन क्रेडिट कोर्सहरू पनि अध्ययन गराउने कुरा सुखद भएको बताए । सायमीले विद्यार्थीले सेन्ट लरेन्स छानेर सही निर्णय गरेको भन्दै शैक्षिक यात्रा सफलताको शुभकामना दिए।
कार्यक्रमका सभापति दंगालले मन्टेश्वरी देखि मास्टर्स सम्म पढाई हुने एउटा पूर्ण शैक्षिक संस्था सेन्ट लरेन्सको हिस्सा बनेकोमा विद्यार्थीलाई बधाई दिए। उनले नवआगन्तुक विद्यार्थीलाई कलेजमा स्वागत र यो छनोटका लागि धन्यवाद दिए । चाडबाडको बिदा अगाडि नै लगभग तोकिएको कोटामा भर्ना गर्न सकेकोमा खुसी व्यक्त गर्दै कलेजको नारा जस्तै विद्यार्थीलाई सफल बनाउन कलेज प्रशासन प्रतिबद्ध रहने उनले उल्लेख गरे। देशमै केही गर्ने वातावरण बनाउने कलेजको लक्ष्य रहेको र त्यसमा यी दुई विषयको अझ विशेष योगदान रहने उनको भनाई थियो। दंगालले नेपालमै पढेर भविष्य सुनिश्चित गर्दै काम गर्न सकिने हुँदा बिचमा पढाई नछाड्न विद्यार्थीलाई अनुरोध गरे । इन्टर्न देखि प्लेसमेन्ट सम्मको सहयोग गर्न कलेज तयार रहेको भन्दै उनले सोही अनुरूप मेहनत गर्न विद्यार्थीलाई सुझाव दिए। सबैलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै दंगालले कार्यक्रम समापन गरे ।
कार्यक्रमका तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।