काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले बागमती प्रदेश विज्ञान र कार्यालय सञ्चालन तथा लेखा विषयको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको छ।
आइतबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको मिति २०८०/०६/२१,२४२२०८०/०७/०२ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा स्थायी नियुक्ति सिफारिसका लागि योग्यता क्रम सहितको नतिजा प्रकाशित गरेको जनाएको हो।
आयोगको मिति २०८०/०७/०२ गतेको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको हो। अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आयोगको वेबसाइट बाट आफ्नो नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म हेर्न सक्ने पनि सूचनामा उल्लेख छ।
यहाँ क्लिक गरेर नतिजा हेर्नुहोस्।