काठमाडौँ- काठमाडौँ महानगरपालिका शिक्षा विभागले २०८०।७।१७ गते प्रकाशित सूचना बमोजिम स्रोत शिक्षक (विज्ञापन नं. ०१/०८०/०८१ शिक्षा तथा प्रधानाध्यापक (विज्ञापन नं. ०२/०८०/०८१- शिक्षा) पदका लागि दरखास्त दिने म्याद थप गरेको छ।
शुक्रवार एक सूचना जारी गर्दै महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले विभिन्न चाडपर्वका कारण उक्त म्याद मिति २०८०।८।७ गतेसम्म थप गरिएको र विद्यालय विकास प्रस्ताव पेस गर्ने तथा सम्पर्क मिति पनि परिवर्तन गरिएको जानकारी दिएका हुन्। नयाँ सूचना अनुसार अब २०८०/०८/०८ गते दिनको ११.०० बजेलाई सम्पर्क मितिका रूपमा तोकिएको छ भने आगामी १३ गते सम्म विद्यालय विकास प्रस्ताव पेस गर्नुपर्नेछ। त्यस्तै स्रोत शिक्षकको परीक्षा आगामी २३ गते सञ्चालन हुनेछ।