Matra Education आइतबार, साउन १० २०८३

देउसी भैलो खेलेर विद्यालयलाई सहयोग, छात्रवृत्ति प्रदान र भवन निर्माण गरिने

देउसी भैलो खेलेर विद्यालयलाई सहयोग, छात्रवृत्ति प्रदान र भवन निर्माण गरिने

  • मात्र एजुकेशन
  • बिहिबार, कार्तिक ३० २०८०


काठमाडौँ- तिहारमा खेलिने देउसी भैलो मार्फत सामाजिक कामहरू पनि गर्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ। यस पटक पनि तनहुँका केही विद्यालयले देउसी भैलो खेलेर संकलित रकम शैक्षिक कार्यमा लगाएका छन्।

जिल्लाको व्यास नगरपालिका–१२ छिर्कने स्थित अमरज्योति माध्यमिक विद्यालयका विद्यार्थीले देउसी भैलो खेलेर संकलन गरेको रु दुई लाख ६१ हजार दुई सय ४४ रुपैयाँ विद्यालयमा स्थापित गरिब तथा विपन्न एवं जेहेन्दार विद्यार्थी सहायता कोषलाई सहयोग गरेका छन्। उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी विद्यालयले गरेको छ ।

त्यस्तै भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले भैलो खेलेर रु चार लाख बढी रकम सङ्कलन गरेको छ । विद्यार्थी, शिक्षक, कर्मचारीले तीन दिनको अवधिमा उक्त रकम जुटाएका हुन् । यो रकम विद्यालयको भवन निर्माणमा प्रयोग गर्ने तयारी गरिएको छ।

व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले पनि देउसी भैलो खेलेर उठेको रकम छात्रवृत्ति कोषलाई सहयोग गर्ने तयारी गरेका छन्। क्याम्पसका विद्यार्थीले गरिब, अपाङ्ग, जेहेन्दार, विपन्न एवं पिछडिएको वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोषमा रकम जुटाउने उद्देश्य सहित देउसी भैलो खेलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड