Matra Education बुधबार, कार्तिक ११ २०८३

साउथवेस्टनका प्रिन्सिपललाई नेपाल–जापान एजुकेसनल अवार्डः २०२३

साउथवेस्टनका प्रिन्सिपललाई नेपाल–जापान एजुकेसनल अवार्डः २०२३

  • मात्र एजुकेशन
  • बिहिबार, कार्तिक २३ २०८०


काठमाडौं- बसुन्धरामा अवस्थित साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारी ‘नेपाल एजुकेशनल अवार्ड जापान –२०२३’ अन्तर्गत ‘स्कुल एजुकेशनल लिडर अफ द इयर: २०२३’ अवार्डबाट सम्मानित भएका छन । नेपालको शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै कलेज रिडर नामक संस्थाले अधिकारीलाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।

जापानको एभरेष्ट इन्टरनेशनल स्कुलमा आयोजित एक समारोहमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी, पूर्व मन्त्री, संघिय सासंद तेजुलाल चौधरी, कलेज रीडरका संरक्षक र प्रबन्धक जितेन्द्र घिमिरेले एक कार्यक्रमका बीच उक्त अवार्ड प्रदान गरेका हुन ।

यो अर्वाड शिक्षा क्षेत्रमा अग्रस्थानमा रहेर काम गर्ने व्यक्तित्वलाई प्रदान गरिदै आएको कलेज रिडरले जनाएको छ । शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता र सामाजिक कार्यको मुल्यांकन गर्दै अधिकारीलार्ई उक्त अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ ।

‘स्कुल एजुकेशनल लिडर अफ द इयर: २०२३’ अवार्ड पाएसँगै जापानबाट प्रतिक्रिया दिंँदै अधिकारीले शैक्षिक इतिहासमा साउथवेस्टन स्कुलको प्रिन्सिपलको रुपमा चौथोे व्यक्तिगत अवार्ड र साउथवेस्टन स्कुललाई सातौँ अन्तराष्ट्रिय अवार्ड प्राप्त हुँदा निकै उत्साहित भएको तथा थप जिम्मेवारी र दायित्व पनि महसुस गरेको बताएका छन् ।

यस अघि प्रिन्सिपल रमेश अधिकारीले चारबटा अन्तराष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् । उनले अमेरिकाको न्यु जर्सीबार्ट प्रदान गरिएका ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेको थिए । उनलाई २०२२ मा एकै पटक दुई अवार्ड ‘यसियाज बेस्ट प्रिन्सिपल अवार्ड’ र ‘यसियाज भिजिनरी प्रिन्सिपल अवार्ड’ प्राप्त भएको थियो । त्यसैगरी ‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल अन्तराष्ट्रिय सभामा साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ प्राप्त गरेका थिए ।

साउथवेस्टन स्कुलका लागि यो सातौँ अवार्ड रहेको स्कुल व्यवस्थापन समितिका अध्यक्ष टीकाराम महराले जानकारी दिएका छन् । यस अघि स्कुलले विगत पाँच बर्षको अवधिमा छ वटा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेको छ । साउथवेस्टन स्कुलले ‘शिक्षामा उत्कृष्टताका लागि अन्तराष्ट्रिय केन्द’ र ‘कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाज’ को संयुक्त आयोजनामा डिसेम्बर २०, २०२० मा भारतको नयाँ दिल्लीबाट भर्चुअलरुपमा सञ्चालित ‘अन्तराष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय’ विधाअन्तर्गतको उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड पनि प्राप्त गरेको थियो । त्यस्तै २०१९ डिसेम्बरमा दुबईको अमिट युनिभर्सिटीद्वारा दुबईमा आयोजित एक कार्यक्रममा अन्तराष्टिय स्कुल अवार्डअन्तर्गत साउथवेस्टन स्कुलले एक्सिलेन्स टिचिङ अवार्ड प्राप्त गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड