काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बिहीबार बिहान एक सूचना जारी गर्दै आयोगले नतिजा प्रकाशित गरिएको जानकारी दिएको हो। गत असोज ९-१० गते सञ्चालन भएको उक्त परीक्षामा १ लाख १७ हजार विद्यार्थी सहभागी भएका थिए। बोर्डको सूचना अनुसार ८८,९४७ जना अर्थात् ७५.४५% परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।