काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) ले जाजरकोट भूकम्पका पीडितहरूलाई ब्लाङकेट वितरण गर्ने भएको छ। उक्त प्रयोजनका लागि हाल अपेन सदस्यहरू सँग सहयोग संकलन भइरहेको छ भने शनिबार अपेनको प्रतिनिधि मण्डल सहयोग सामग्री सहित भूकम्प प्रभावित क्षेत्र जाने तयारी रहेको बताइएको छ ।
मात्र एजुकेसन सँग कुरा गर्दै संस्थाका केन्द्रीय महासचिव कृष्ण कुमार बोहराले पीडितहरूलाई आधारभूत सुविधा र न्यानो कपडाको समेत अभाव भएकाले अपेनले ब्लाङकेट वितरण गर्ने तयारी गरेको बताए। अपेनका सबै सदस्यको सहयोगले चिसो मौसममा खुला आकाशमुनि बस्न बाध्य पीडितहरूलाई थोरै भए पनि राहत हुने संस्थाको अपेक्षा रहेको उनको भनाई थियो।