काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल शुक्रबार देखि समाप्त भएसँगै उक्त पद रिक्त भएको छ ।
उपकुलपतिका रुपमा प्राडा बाँस्कोटाले प्रविधिमैत्री विश्वविद्यालय निर्माण, सुशासन, अनुसन्धान थालनी, शैक्षिक पात्रोको व्यवस्थापन, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रीकरणको अभ्यासहरु गरिएको बताउँदै बजारमुखी स्वरोजगार जनशक्ति निर्माणमा पहल गरिएको जनाए ।
साथै शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि, आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसको प्रभावकारी नियमन, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, विद्यार्थी कल्याण तथा खेलकुदमा चासो, त्रिविका सम्पत्तिको संरक्षण, त्रिवि अलुम्नाई एशोसियशनलाई त्रिविको हितमा प्रयोगका साथै विद्यमान त्रिवि ऐन, नियम र विनियमलाई समयसापेक्ष बनाउन गरिएका पहल गरिएको जनाए ।