Matra Education आइतबार, साउन १० २०८३

शिक्षकको हत्यामा संलग्नलाई कडा कारबाही होस्: नेसनल प्याब्सन

शिक्षकको हत्यामा संलग्नलाई कडा कारबाही होस्: नेसनल प्याब्सन

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक १४ २०८०


काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सोमबार बारामा भएको शिक्षक हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ।

संस्थाका केन्द्रीय महासचिव पारसमणि दाहाल र राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरी द्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा यस्तो माग गरिएको छ। विज्ञप्ति मार्फत नेसनल प्याब्सन सदस्य विद्यालय बाल एकता सेकेण्डरी बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल, बारा जिल्ला नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुमोद सर्राफका सहोदर भाइ रुपेश कुमार स्वर्णकार उर्फ गुडु सर माथि अज्ञात आपराधिक समूहद्वारा कायरतापूर्ण तवरले गोली प्रहार गरी भएको क्रूर हत्याको घोर भर्त्सना गरिएको छ। यस घटनाले सम्पूर्ण संस्थागत विद्यालयका सञ्चालकहरू असुरक्षित र त्रसित भएको विज्ञप्तिमा उल्लेख छ।

नेसनल प्याब्सन केन्द्रीय समितिले शोक सन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना प्रकट गर्दै मृत आत्माको चीर शान्तिको कामना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड