काठमाडौँ- लामो समय देखि शिक्षा क्षेत्रमा क्रियाशील सफल शिक्षाकर्मी प्रज्वल कोइरालाको स्वरमा मुसुक्क हाँस्दा बोलको गीत सार्वजनिक भएको छ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो। प्रेमिल भावमा रचिएको गीतमा सपन घिमिरेको शब्द संगीत रहेको छ भने भिडियोमा प्रेम रसाइली र नग्मा श्रेष्ठले सुन्दर अभिनय गरेका छन्। दाजुभाइ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुवास चन्द्र जोशीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् भने कमला लामा र विनोद रञ्जितले कोरियोग्राफी गरेका छन्। ओएसार डिजिटल युट्युब च्यानल बाट सार्वजनिक भएको भिडियोलाई के. एस. फोटोग्राफी स्टेसनका डाइरेक्टर पशुपति श्रेष्ठले निर्देशन सम्पादन र छायांकन गरेका हुन्।
गायक कोइराला चाबहिल स्थित रिभेरा इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल हुन्।
भिडियो हेर्नुहोस्: