काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको विभिन्न प्रदेशको दुई विषयको नतिजा सार्वजनिक गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको गणित विषय र कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको कार्यालय सञ्चालन तथा लेखा विषयको अन्तर्वार्ताको नतिजा प्रकाशित गरिएको जनाएको हो।
आयोगको मिति २०८०/०६/२५ गतेको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको हो । अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटको नतिजामा गई ७ दिनसम्म हेर्न सक्ने समेत आयोगले जनाएको छ।
सफल उम्मेदवारहरूको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।