काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको अङ्ग्रेजी विषयको सात वटै नतिजा सार्वजनिक गरेको छ।
शनिबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको मिति २०८०/०६/१८, १९ र २० गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा सात वटै प्रदेशको अङ्ग्रेजी विषयमा छनोट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यता क्रम सहितको नतिजा प्रकाशित गरिएको जनाएको हो।
आयोगको मिति २०८०/०६/२० गतेको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको हो । अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटको नतिजामा गई ७ दिनसम्म हेर्न सक्ने समेत आयोगले जनाएको छ।
सफल उम्मेदवारहरूको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।