Matra Education आइतबार, साउन १० २०८३

राहत शिक्षकलाई मन्त्रालयले बोलायो वार्तामा, समाधान होला त समस्या ?

राहत शिक्षकलाई मन्त्रालयले बोलायो वार्तामा, समाधान होला त समस्या ?

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज १२ २०८०


काठमाडौँ- अघिल्लो शुक्रवार आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकार बिच भएको सहमतिमा आफूहरू माथि धोका भएको भन्दै आन्दोलन थालेका राहत शिक्षकहरू सहित अन्य असन्तुष्ट शिक्षकहरूलाई मन्त्रालयले आज वार्तामा बोलाएको छ। गत शनिबार देखि नै यो हप्ताभर माइतीघर र वानेश्वरमा चर्को विरोध प्रदर्शनमा उत्रिएका उनीहरूलाई आज महासंघकै नेतृत्वमा ११ बजे वार्ताका लागि मन्त्रालय बोलाइएको छ।

स्रोतले दिएको जानकारी अनुसार हिजै छलफल भएर सहमतिको एक किसिमको अनौपचारिक तयारी गरेर खाका निर्माण गरिएको छ। आज बसेर त्यसलाई औपचारिक सहमतिमा बदल्ने र शिक्षक आन्दोलन स्थगित गराउने तयारी छ। मन्त्रालयले यो विषय आजै टुंगाउने गरी हिजै वार्ताका लागि पत्र पठाएको बुझिएको छ।

यद्यपि आन्दोलनरत शिक्षकका माग र सरकारको लचकता हेर्दा आजै टुङ्गिएला भन्न कठिन छ। सबैको माग सम्बोधन गर्न सरकार तयार भए मात्रै शिक्षक आन्दोलन निष्कर्षमा पुग्ने देखिन्छ। त्यसकारण आजैको वार्ताले निकास निस्कन्छ वा पुनः अन्य छलफलहरू हुनेछन् त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड