काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) टोखा नगर कमिटीको आयोजनामा `अपेन किड्स स्पार्कल डे- २०८०´ आयोजना हुने भएको छ। भोलि असोज ११ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा कार्यक्रम आयोजना गर्न लागिएको हो। अपेन टोखाले २०७५ सालमा आयोजना गरेको पहिलो ‘अपेन किड्स स्पार्कल डे’ को निरन्तरता स्वरूप सिजन ३ आयोजना गर्न लागिएको हो।
प्रि-स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गरिएको अपेन टोखाकी अध्यक्ष उर्मिला त्रिपाठीले बताइन्। कार्यक्रममा अपेन टोखामा आबद्ध १९ वटा विभिन्न प्रि-स्कुलहरुमा अध्ययनरत बालबालिकाहरूको प्रस्तुति हेर्न पाइने उनको भनाई छ। बिहान ११ बजे सुरु हुने कार्यक्रमको सबै तयारी पुरा भइसकेको भन्दै उनले सक्रिय सहभागिताका लागि मात्र एजुकेसन मार्फत सम्बद्ध सबैलाई अपिल गरेकी छिन्।