काठमाडौँ- काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले भोलि असोज ४ गतेका लागि थकाई बिदा दिएको छ।
नगर कार्यपालिकाको कार्यालयको मिति २०८०/०६/०३ गतेको निर्णयअनुसार ९ औँ संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सो क्रममा तीन दिन अघि देखी लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएको हुँदा नगरपालिका भर बिदा दिइएको सूचनामा उल्लेख छ। उक्त दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बिदा दिइएको छ।
