काठमाडौँ- नेपाल शिक्षक महासङ्घको अगुवाइमा राजधानीमा भइरहेको आन्दोलनको समर्थन गर्दै काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले शिक्षकहरूलाई नियमित माइतीघर मण्डलामा हाजिर हुने गरी उपस्थित हुन अपिल गरेका छन्। प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभए सम्मका लागि त्यसो गर्न भनेका छन्।
यो अपिल केही बेर अघि महानगरले जारी गरेको विज्ञप्तिलाई चुनौती स्वरूप आएको हो। महानगरले विद्यालय बन्द गरेर आन्दोलनमा गए कारबाही गर्ने भन्दै सूचना जारी गरेपछि आन्दोलन गरिरहेका प्रधानाध्यापकहरू आकस्मिक रूपमा एउटा विद्यालयमा जम्मा भएर यस्तो निर्णय गरेका हुन्। उनीहरूले विद्यार्थीको पढाइमा पर्ने असरको क्षतिपूर्ति बिदाको दिन पढाएर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
महानगरको विज्ञप्ति र प्रधानाध्यापकहरूको संयुक्त विज्ञप्ति हेर्नुहोस्।
