Matra Education आइतबार, साउन १० २०८३

नेसनल प्याब्सन भक्तपुरको छैटौं अधिवेशन सम्पन्न

नेसनल प्याब्सन भक्तपुरको छैटौं अधिवेशन सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, असोज ३ २०८०


काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुन: संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक/प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शिव कृष्ण कवां र उपाध्यक्षमा राम प्रसाद खाताखोलाई निर्वाचित गरेको छ भने सचिवमा कुमार थापा मगर र सहसचिवमा दिनेश शाक्य निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा बिक्रम थापा र सह-कोषाध्यक्षमा रत्नबहादुर राई निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा भने प्रतिमा माक, सुमन शिल्पकार, कमल सुवाल, रमेश प्रसाद सिटौला, शर्मिला खड्का र अशोक श्रेष्ठ रहेका छन् । अधिवेशनको बन्द सत्रबाट कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

शनिवार बिहान नगरकोट स्थित हिमालयन ग्लासियरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष हमालले नेशनल प्याब्सनले विद्यालय संचालकका समस्याहरु समाधान गर्न र देशमा शिक्षाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको जिकिर गरेका थिए । उनले भक्तपुर जिल्ला शाखामा सबैभन्दा एकताबद्ध रहेको प्रति सन्तोष व्यक्त गर्दै एकतामा नै बल हुने बताए । सदस्यहरुको समस्या र शिक्षाको समस्या सामाधान गर्न जिल्लालाई केन्द्रले सहयोग गर्ने बताउदै उनले केन्द्र पनि आफ्ना शाखा र सदस्यहरुको सक्रियताले नै सक्षम र जीवन्त बन्ने बिचार व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा नेशनल प्याब्सनका केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष शम्भु अधिकारी र डम्बर कार्की त्यसैगरी सचिव विष्णु पराजुली, सह कोषाध्यक्ष विक्रम ढुकुछु, सदस्य जिबि खड्का साथै बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की र उपाध्यक्ष पुण्यराम कवांले मन्तव्य दिनु भएको थियो ! त्यसै गरी काठमाडौं जिल्ला अध्यक्ष अमृत खड्का र ललितपुरका उपाध्यक्षले समेत मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकको पनि शुभकामना दिएका थिए। उक्त अवसरमा भक्तपुरका सास्कृतिक सम्पदा संरक्षणविद् रविन्द्र पुरीलाई विशेष सम्मान समेत गरिएको थियो भने सदस्य विद्यालयहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड