काठमाडौँ- नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ। गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणीकरण भएको दिन आश्विन ०२ गतेलाई आधार मानि प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरे अनुसार आज उक्त दिवस मनाउन लागिएको हो। अब हरेक वर्ष असोज २ लाई राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाइनेछ।
दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर बाट छानिएका उत्कृष्ट विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थालाई पुरस्कृत गर्ने भएको छ। पुरस्कृत हुने यस्ता संस्थाहरूले राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाखदेखि तीन लाख रुपियाँ सम्म प्राप्त गर्ने भएका छन् ।
यी हुन पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस, तथा सङ्घसंस्थाहरू
सार्वजनिक विद्यालयतर्फ
१) देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय: श्री कमला माध्यमिक विद्यालय, मैनी, दुधौली–११, सिन्धुली।
२) देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा द्वितीय भई राष्ट्रिय सिल्ड, ध्वजा र रू २,००,०००।–(दुई लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय: श्री कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास, कमलामाई–४, सिन्धुली ।
३) देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा तृतीय भई राष्ट्रिय सिल्ड, ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय: श्री नारायण माध्यमिक विद्यालय, रुमाल गाँउ, कुमाख –२, सल्यान ।
निजी लगानीका विद्यालय तर्फः
१) देशभरका निजी लगानीका (संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भई राष्ट्रिय शिल्ड, ध्वजा र रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय: श्री प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्होः, ललितपुर–५, ललितपुर।
२) देशभरका निजी लगानीका(संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा द्धितीय भै राष्ट्रिय शिल्ड, ध्वजा र रू २,००,०००।–(दुई लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय: श्री सेन्ट जेभियर्स कलेज, माइतिघर, काठमाण्डौ–४, काठमाण्डौ ।
३)देशभरका निजी लगानीका (संस्थागत) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा तृतीय भै राष्ट्रिय सिल्ड, ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय: श्री बूढानीलकण्ठ स्कूल, नारायणस्थान, बूढानीलकण्ठ–५, काठमाडौँ ।
प्राविधिक शिक्षालय तर्फः
१) प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा
सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्को आङ्गिक शिक्षालयः श्री कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर, रूपन्देही ।
२) प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा
सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्बाट सम्बन्धन प्राप्त गरी साझेदारीको रूपमा सञ्चालित शिक्षालयः श्री मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा, मोरङ ।
३) प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्बाट अनुमति प्राप्त गरी निजी स्तरमा प्राविधिक शिक्षा सञ्चालन गर्ने संस्थाः श्री लाईफ लाइन अस्पताल प्रालि, दमक, झापा।
४) शिक्षण संस्थाको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने विद्यालषलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा ध्वजा र रू १,००,०००।–(एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने सामुदायिक विद्यालय: श्री आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ्।
क्याम्पस तर्फः
१) विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये राष्ट्रिय स्तरमा उत्कृष्ट भई रू २,५०,०००।–(दुई लाख पचास हजार मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री पुल्चोक क्याम्पस, ललितपुर ।
२) विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमध्ये राष्ट्रिय स्तरमा उत्कृष्ट भै रू २,५०,०००।–(दुई लाख पचास हजार मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, रूपन्देही ।
३) राष्ट्रिय स्तरमा उत्कृष्ट भई रू २,५०,०००।–(दुई लाख पचास हजार मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसः श्री काठमाण्डौ मोडेल कलेज, बागबजार, काठमाण्डौ।
समाज कल्याण शिक्षा पुरस्कार तर्फ
१)सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भइ रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेः श्री एसओएस बालग्राम, मध्यपुर ठिमी–२, भक्तपुर ।
२) सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भई रू ३,००,०००।–(तीन लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेः श्री कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४, सुर्खेत।
