Matra Education आइतबार, साउन १० २०८३

युनाईटेड एकेडेमी ग्रुपको तीज विशेष कार्यक्रम सम्पन्न

युनाईटेड एकेडेमी ग्रुपको तीज विशेष कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, असोज १ २०८०


काठमाडौँ- कुमारीपाटी ललितपुरमा रहेको युनाईटेड एकेडेमी ग्रुपले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। गत शुक्रवार युनाईटेड स्कुलको प्राङ्गणमा एक विशेष कार्यक्रम आयोजना गर्दै शुभकामना आदानप्रदान गरिएको हो।

कार्यक्रममा युनाईटेड एकेडेमी ग्रुपले युनाइटेड एकेडेमी, युनाइटेड स्कुल, युनाइटेड कलेज र युनाइटेड युनिभर्सल स्कुलमा कार्यरत सम्पूर्ण महिला कर्मचारीहरूलाई स्वादिष्ट व्यञ्जनका साथै विशेष उपहारको व्यवस्था गरेको थियो। त्यस्तै उपस्थित महिला कर्मचारीहरूले आफ्ना प्रतिभाहरू नृत्य र गायकी मार्फत प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न सिर्जनात्मक खेलहरू खेलाइएको थियो भने विजेतालाई पुरस्कार पनि प्रदान गरिएको थियो। कार्यक्रम अपराह्न ४ बजे सुरु भएर राति ८ बजे समापन गरिएको थियो।

युनाईटेड एकेडेमी ग्रुप विगत २६ वर्षदेखि शैक्षिक क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्दै आइरहेको संस्था हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड