काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्न सूचित गरेको छ।
आयोगबाट मिति २०८०/०४/११ गते प्रकाशित निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिहरूलाई प्रवेश पत्र प्रिन्ट गर्न सूचित गरिएको हो। दरखास्त फाराम भर्ने उम्मेदवारहरूले फारम भर्दा प्रयोग गरिएको इमेल र पासवर्ड बाट लगइन गरेर दरखास्त पेस गरेको विवरणहरूमा क्लिक गरी ‘भ्यु’ मा क्लिक गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने आयोगले जनाएको छ।
प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले अनुरोध गरेको छ।
निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना हेर्नुहोस्:

सेकेन्ड ह्याण्ड कार किन्न चाहनुहुन्छ ? यहाँ क्लिक गर्नुहोस्।