Matra Education आइतबार, साउन १० २०८३

रिलायन्सको तिज विशेष कार्यक्रम सम्पन्न

रिलायन्सको तिज विशेष कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र ३० २०८०


काठमाडौँ- रिलायन्स एजुकेसन नेटवर्कले आयोजना गरेको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार रिलायन्स संस्कृति विभागको संयोजनमा कपन स्थित मिलनचोक पार्टी भेन्युमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका चारवटा स्कुल र कलेज समेत पाँच वटा शिक्षण संस्थामा कार्यरत करिब २७३ जना शिक्षिका तथा कर्मचारीहरूको सहभागिता सम्पन्न कार्यक्रममा कपन भेगका प्रसिद्ध समाजसेवी महिलाहरूको ठुलो सङ्ख्यामा उपस्थित रहेको थियो।

रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सांसद मिना पोखरेल (पराजुली) प्रमुख अतिथिका रूपमा रहेकी थिइन्।

रिलायन्स संस्कृति विभागका प्रमुख दामोदर निरौलाको स्वागत मन्तव्यबाट सुरु भएको सो तिज कार्यक्रममा नेटवर्कका बिओडि राजु कुमार सिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए । रिलायन्स पब्लिक स्कुलकी मिडल स्कुल कोअर्डिनेटर सुस्मा तामाङले उक्त कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा सन्देशमूलक नृत्य, गीत आदि प्रस्तुत गरिएको थियो।

रिलायन्स शैक्षिक प्रतिष्ठानले पछिल्लो केही समययता संस्कारयुक्त शिक्षामा विशेष जोड दिँदै हरेक सांस्कृतिक चाडपर्व, विशेष दिवसहरू एवम् परम्पराका विभिन्न पक्षलाई शिक्षाकै अनिवार्य विषयवस्तुका रूपमा स्वीकार गर्दै विद्यालयले सञ्चालन गर्ने विविध अतिरिक्त क्रियाकलाप एवम् अन्य सह–क्रियाकलापहरूमा स्थानीय संस्कृति,जातीय एवम् राष्ट्रिय संस्कृति,चाडपर्व र परम्पराहरूलाई समावेश गरी शिक्षक–विद्यार्थी माझ छलफलको विषय बनाई सही जानकारी एवम् व्यावहारिक ज्ञान दिने प्रयास गर्दै आएको छ ।

मात्र एजुकेसन सँग कुरा गर्दै रिलायन्स संस्कृति विभागका सचिव गोविन्द ढकालले नेपाली हिन्दु महिलाहरूको महान् चाड तीजका सन्दर्भमा यस पर्वको असली पौराणिक र आध्यात्मिक महत्त्व जानेर, भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न माता पार्वतीले गरेको तपस्या एवम् साधनाको रहस्य जानेर आजका सबै आम मानिसहरूले शिव–पार्वती जस्तै आदर्श जीवन, ध्यान प्रेम र उत्सवमय जीवन कसरी बाँच्न सकिन्छ भन्ने सम्बन्धमा बहस, छलफल र अन्तरक्रिया गर्दै सार्थक निष्कर्षमा पुगी त्यसलाई सबैले आत्मसात् गर्न सम्भव बनाउन संस्कृति विभागले तिज विशेष कार्यक्रम आयोजना गरेको बताए। विगत देखि नै रिलायन्सले यस किसिमका कार्यक्रम आयोजना गर्दै आएको र तीज पर्वलाई विकृतिमुक्त बनाई सार्थक रूपमा मनाउने दिशामा थप नयाँ सोच र अवधारणा विकास गर्न संस्था लागिपरेको उनको भनाई थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड