Matra Education आइतबार, साउन १० २०८३

कस्तो छ संसद्मा दर्ता भएको शिक्षा विधेयक ? (पूर्ण पाठ सहित)

कस्तो छ संसद्मा दर्ता भएको शिक्षा विधेयक ? (पूर्ण पाठ सहित)

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र २७ २०८०


काठमाडौँ- बहुप्रतिक्षित शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले आज बुधबार ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ दर्ता गरेका हुन्।

यसअघि सरकारले मन्त्रिपरिषद्बाट पारित गरेर पनि संसद्मा दर्ता गर्न नसकेको सो विधेयकका कतिपय व्यवस्था संशोधन गरेर दर्ता गरिएको हो। विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोगको व्यवस्था गराएको छ। विद्यालयको प्रधानाध्यापकको छनोट सम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संरचनामा शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र शैक्षिक गुणस्तर परीक्षण केन्द्र र प्रत्येक जिल्लामा शिक्षा कार्यालय रहने व्यवस्था गरिएको छ।

विधेयकको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड