Matra Education आइतबार, साउन १० २०८३

बिहीबार देशभर सार्वजनिक बिदा

बिहीबार देशभर सार्वजनिक बिदा

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र २७ २०८०


काठमाडौँ- गृह मन्त्रालयले भाद्र २८ गते बिहीबार नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने जनाएको छ। संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएकोमा शोक प्रकट गर्नका सार्वजनिक बिदा दिने नेपाल सरकारको निर्णय बमोजिम बिदा दिन लागिएको हो।

नेम्वाङको ७१ वर्षको उमेरमा भाद्र २६ गते बिहान असामयिक निधन भएको थियो । नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुर्‍याएको योगदानको उच्च कदर गर्दै राजकीय सम्मानका साथ अन्त्य गर्ने निर्णय यस अघि नै मन्त्रिपरिषद्ले गरिसकेको छ।

सार्वजनिक बिदा दिइने दिन सबै कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड