Matra Education आइतबार, साउन १० २०८३

१३ वर्षीया छात्राको आत्महत्या, बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालक पक्राउ

१३ वर्षीया छात्राको आत्महत्या, बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालक पक्राउ

  • मात्र एजुकेशन
  • सोमबार, भाद्र २५ २०८०


काठमाडौँ- रुकुम पश्चिमको एक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया छात्राले आत्महत्या गरेपछि चौरजहारी नगरपालिका-१ पुरानो बजारमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल पुष्पा लामिछाने शाह र सञ्चालक युडेन भोटिया भण्डारी आत्महत्या दुरुत्साहनमा पक्राउ परेका हुन्।

उक्त ८ कक्षामा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार आत्महत्या गरेकी थिइन् । पीडित परिवारले विद्यालयमा प्रिन्सिपल शाह र सञ्चालक भण्डारी सहितले छोरीमाथि कुटपिट गरेको र घर आएपछि विद्यालयको पोसाक लगाएकै अवस्थामा झुन्डिएर आत्महत्या गरेको आरोप लगाएको छ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड