काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ।
शनिबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गणित विषयको खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो।
आयोगको मिति २०८०/०५/२३ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो । नतिजा सहितको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्।