Matra Education आइतबार, साउन १० २०८३

तिन दिन सर्‍यो कक्षा १२ को पूरक परीक्षा

तिन दिन सर्‍यो कक्षा १२ को पूरक परीक्षा

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र २० २०८०


काठमाडौँ- असोज ६ र ७ गते सञ्चालन हुने गरी निर्धारण गरिएको कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ। विशेष कारणवश सार्नु परेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा ३ दिन पछि धकेलेको हो।

आज एक सूचना जारी गर्दै बोर्डले असोज ६ गते हुने भनिएको परीक्षा ९ गते र ७ गते हुने भनिएको परीक्षा अब १० गते हुने जनाएको छ। बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने परीक्षामा सहभागी हुन चाहनेहरूलाई भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाइ सक्न पनि बोर्डले सूचित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड