काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित ( सामान्य र विषयगत) परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ।
सोमबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको मिति २०७९/१२/१८ र २०८०/०३/०९ गते लिइएको अर्थशास्त्र, शिक्षा, स्वास्थ्य शिक्षा, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो।
आयोगको मिति २०८०/०५/१८ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो । नतिजा सहितको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्।