Matra Education आइतबार, साउन १० २०८३

दरबार हाई स्कुलमा पढाउन थालियो कोडिङ, एआई र रोबोटिक्स

दरबार हाई स्कुलमा पढाउन थालियो कोडिङ, एआई र रोबोटिक्स

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र ९ २०८०


काठमाडौँ- दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) मा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ को पठनपाठन सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको ‘बुकफ्रि फ्राइडे’ योजना अन्तर्गत उक्त कक्षाहरू सुरु भएको काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

शाहका अनुसार कोडिङ सिकाइ अन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको छ भने कक्षा ७ र ८ का विद्यार्थीलाई पाइथन प्रोग्रामिङ सिकाइएको छ। विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेको शाहले जनाकारी दिएका छन्। विद्यार्थीहरूको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको बताउँदै उनले यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरूबाट प्राविधिक अन्वेषण र विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्।

शाहले महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ क्लब गठन भइसकेको उल्लेख गर्दै यसमार्फत ती क्लबको काम विश्वका १६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड