Matra Education आइतबार, साउन १० २०८३

युनाइटेड एकेडेमीले सञ्चालनमा ल्यायो ‘युनाइटेड टेक्निकल स्कुल’

युनाइटेड एकेडेमीले सञ्चालनमा ल्यायो ‘युनाइटेड टेक्निकल स्कुल’

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र ६ २०८०


काठमाडौँ- शिक्षण संस्थाहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल युनाइटेड एकेडेमीले ‘युनाइटेड टेक्निकल स्कुल’ सञ्चालनमा ल्याएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को सम्बन्धनमा यसको सुरुवात गरिएको हो। स्कुलले कर्पोरेट होटेल व्यवस्थापन उद्योगमा द्रुत रूपमा प्रवेश गर्न चाहने व्यक्तिहरूलाई छोटो अवधिको खानपान पाठ्यक्रमहरूको अध्यापन गराउने छ।

केन्द्रीय रूपमा कुमारीपाटी (युनाइटेड एकेडेमीको परिसर भित्र) अवस्थित रहने गरी स्कुलको सुरुवात गरिएको हो। २६ वर्षे शैक्षिक यात्रा पुरा गरिसकेको युनाइटेड एकेडेमीले ‘हस्पिटालिटि इन्डस्ट्री’ मा आवश्यक पर्ने विभिन्न किसिमका ज्ञान, सिप र दक्षता प्रदान गर्नका लागि छोटो समयको पाठ्यक्रम तयार पारेको छ। सोही पाठ्यक्रममा आधारित रहेर विभिन्न किसिमका प्रशिक्षण र व्यावहारिक सीपहरू प्रदान गर्नका लागि छुट्टै प्राविधिक स्कुलको अवधारणा ल्याइएको हो। यसबाट होटेल उद्योगको तत्कालका मागहरू सजिलै पुरा हुने र रोजगारीका अवसरहरू पनि सिर्जना हुनसक्ने युनाइटेडको विश्वास छ।

गुणस्तरीय शिक्षा, आधुनिक सुविधा र अनुभवी संकायको विशेषता सहित सुरु भएको ‘युनाइटेड टेक्निकल स्कुल’ ले होटेल व्यवस्थापन क्षेत्रमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अत्याधुनिक सीपहरू उपलब्ध गराउने हुँदा होटेल व्यवस्थापनमा सफल करियर बनाउन चाहनेका लागि यो एउटा राम्रो सुरुवाती बिन्दु हुनसक्ने विश्वास संस्थाले लिएको छ। हाल बारिस्टा, बेकर, जनरल कुक र कन्टिनेन्टल कुक र होटेल असिस्टेन्टको विशेष पाठ्यक्रमहरू यस स्कुल मार्फत अध्यापन हुँदै आएको छ।

थप जानकारी ०१-५५३७९३९ वा ०१-५५३८९३८ मा सम्पर्क गरेर पाउन सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड