Matra Education आइतबार, साउन १० २०८३

४९ औँ दीक्षान्त समारोहका लागि त्रिभुवन विश्वविद्यालयले माग्यो आवेदन

४९ औँ दीक्षान्त समारोहका लागि त्रिभुवन विश्वविद्यालयले माग्यो आवेदन

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र ३ २०८०


फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४९ औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन चाहनेहरूका लागि आवेदन फाराम खुला गरेको छ।

वि.सं. २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पि.एच.डी) तह पूरा गर्नेहरूले दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ।

दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड