काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरे सँगै उत्तीर्ण भएका विद्यार्थीहरू अघिल्लो शैक्षिक गन्तव्यको तयारीमा लागेका छन्। प्लस टु पछिको शिक्षाले व्यक्तिलाई उसको भविष्य तिर डोर्याउने हुँदा यति बेलाको छनोट महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा कुन शैक्षिक संस्थामा पढ्ने भन्ने दुबिधा भएका विद्यार्थीहरूका लागि स्नातक तह अध्यापन गराउने एउटा उत्कृष्ट शैक्षिक गन्तव्यको बारे मात्र एजुकेसनले यो सामग्री तयार पारेको छ।
कुमारीपाटी ललितपुरमा रहेको युनाइटेड कलेजले सफलताको २१ औँ वर्ष पार गरिसकेको छ। ललितपुर जिल्लाकै प्रतिष्ठित विद्यालयहरू मध्ये एक युनाइटेड एकेडेमीको व्यवस्थापन द्वारा सञ्चालित यो कलेज वैज्ञानिक र अनुशासित वातावरणमा मानविकी, व्यवस्थापन र आइटिको अध्यापन गराउने उद्देश्यले स्थापना गरिएको हो। स्नातक तहमा बिबिएस, बिबिएम र बिसिएको अध्यापन हुने यो कलेजमा स्नातकोत्तर तहमा एमबिएसको समेत अध्यापन हुँदै आएको छ। यी सबै विषयहरू त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित छन्।
युनाइटेड कलेजले आफ्ना विद्यार्थीहरूलाई संवेदनशील र जिम्मेवार बनाएर प्रतिस्पर्धात्मक संसारमा बाँच्नका लागि नवीनतम अन्तरदृष्टि प्रदान गर्ने गरेको छ। आवश्यक भौतिक र शैक्षिक पूर्वाधारहरूको प्रयोग गर्दै आफ्ना विद्यार्थीहरूलाई सबै किसिमका चुनौती र समस्याहरूको सामना गर्न सक्षम बनाउनुलाई कलेजले आफ्नो मुख्य लक्ष्य बनाएको छ। अन्तर्राष्ट्रिय स्तरको भौतिक पूर्वाधार, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त दक्ष तथा अनुभवी अध्यापकहरू, विद्यार्थी केन्द्रित र प्रयोगात्मक शिक्षण सिकाइ पद्धति, सिपमूलक शिक्षा र उत्कृष्ट नतिजा तथा सफलताहरू युनाइटेड कलेज रोज्नुपर्ने कारणहरू हुन्।
त्यस्तै ९९% शैक्षिक सफलता प्राप्त गर्न, १०० % रोजगारीका अवसर पाउन, बृहत्तर पूर्व विद्यार्थी सञ्जालमा जोडिन, कर्पोरेट संस्कृतिको विकास गर्न, उद्यमशीलतामा प्रवेश गर्न, १० क्लबहरूमा आबद्ध भएर अतिरिक्त नेतृत्व कलाहरू विकास गर्न, आइटीमा दक्ष बन्न, छात्रवृत्तिको उचित अवसर पाउन र शत प्रतिशत सकारात्मक अनुशासनमा रहन पनि युनाइटेड कलेज छान्नुपर्ने हुन्छ।
युनाइटेडमा पढेका विद्यार्थीहरूमा प्रस्तुति कलामा निखार, समूह छलफल तथा बहसमा निपुण र नयाँ प्रविधिमा आधारित सिकाइमा अब्बल लगायतका गुणहरू पाइन्छन्। यस्ता विशेष गुणहरूकै कारण युनाइटेड बाट अध्ययन पुरा गरेका विद्यार्थीहरू आज हरेक क्षेत्रमा अब्बल बनेका छन् भने आफू संलग्न भएको क्षेत्रको नेतृत्व गर्न सफल भएका छन्। २० वर्ष भन्दा बढीको शिक्षण अनुभवमा युनाइटेड यस्ता धेरै विद्यार्थीहरूको सफलताको कारक बनिसकेको छ।
मात्र एजुकेसन सँग कुरा गर्दै कलेजका प्रिन्सिपल डा लाल रापचा कलेज आफ्नो लक्ष्यमा दृढ रहेको र आफ्ना बालबालिकाको शिक्षा र भविष्यको जिम्मा दिने अभिभावकहरू प्रति सदा आभारी रहेको बताउँछन्। कलेजले विद्यार्थीहरूको आवश्यकतालाई विश्वव्यापी बनाउन प्राथमिकता दिएको र प्रतिस्पर्धात्मक संसारमा उनीहरूको प्रवेशको लागि शिक्षा प्रदान गर्न नवीनतम प्रविधि प्रदान गर्ने गरेको उनको भनाई छ। कलेजले शिक्षण प्रविधिको आधुनिक र विद्यार्थी-अनुकूल विधिहरू अपनाएको भन्दै उनी कमजोर विद्यार्थीहरूलाई मद्दत गर्न निःशुल्क ट्यूटोरियल कक्षाहरू प्रदान गर्ने गरिएको र परियोजना कार्यहरू मार्फत प्राप्त ज्ञानलाई व्यवहारिक बनाउने गरिएको बताउँछन्। यस्तै फरक पद्धतिका कारण कलेज स्थापनाकाल देखि नै उच्च शिक्षा पढ्ने अधिकतम विद्यार्थीहरूको रोजाइको गन्तव्य बनेको उनले बताए।
युनाइटेड कलेज समग्रमा आजको युग सुहाउँदो शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो। कलेजले स्नातक तहमा बिबिएस, बिबिएम र बिसिएको भर्ना खुलाएको छ। थप जानकारीका लागि यहाँ क्लिक गरेर कलेजको वेबसाइटमा जानुहोस्।