Matra Education आइतबार, साउन १० २०८३

फरक परिदृश्य सहित फेकनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

फरक परिदृश्य सहित फेकनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, कार्तिक १४ २०७८


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राजधानीको हार्दिक होटलमा आयोजित कार्यक्रम फरक अवधारणा सहित सम्पन्न भएको हो । शुभकामना आदानप्रदानको शिर्षकमा राखिने कार्यक्रममा भाषणको लामो शृङ्खला रहने परिपाटी अन्त्य गर्दै ५ मिनेटमै औपचारिक कार्यक्रमलाई बिट मार्दै उक्त कार्यक्रम सम्पन्न भएको हो ।

फेकनका अध्यक्ष बासु नेपालको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डे, नेकाका अध्यक्ष सन्तोष प्याकुरेल सहित कार्यक्रमका प्रायोजक, विभिन्न विश्वविद्यालय तथा संघ संस्थाका प्रतिनिधिहरू अतिथि थिए भने फेकनका सदस्य परामर्श व्यवसायीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम सुरु हुनासाथ कार्यक्रम सञ्चालक तथा फेकनका महासचिव राजु निरौलाले अतिथिलाई यथास्थानमा आसन ग्रहण गराए । पछिल्लो समय फेकनले मञ्चमा राखेर केही सिमित व्यक्तिलाई केन्द्रमा राख्ने भन्दा पनि सबै सदस्यलाई सम्मानित महसुस हुने र अपनत्व रहने गरी कार्यक्रमहरू गर्दै आएको छ। त्यसपछि कार्यक्रमका अध्यक्ष बासु नेपालले सम्पूर्ण व्यवसायीलाई कोरोना बाट मुक्तिको कामना गर्दै व्यावसायिक वृद्धिका लागि शुभकामना दिए। चाडपर्वको अवसरमा उनले दिएको शुभकामना नै कार्यक्रमको प्रथम र अन्तिम वक्ताको रूपमा रह्यो । त्यसपछि उपस्थित सबै सदस्यहरूले चिया खाजाको साथमा एक आपसमा शुभकामना आदानप्रदान गरे।

कार्यक्रम पछि छोटो प्रतिक्रिया दिँदै फेकनका महासचिव निरौलाले लामो समय भाषण गर्ने भन्दा एक आपसमा भेटघाट र शुभकामना आदानप्रदान गर्ने अवसरका रूपमा कार्यक्रमको आयोजना गरिएकाले औपचारिक कार्यक्रम छोटो र अनौपचारिक कार्यक्रम बढी समयको राखिएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड