Matra Education आइतबार, साउन १० २०८३

नेपालमै पहिलो पटक हाइब्रिड एजुकेसन फेयर सम्पन्न, सयौँ विद्यार्थी लाभान्वित

नेपालमै पहिलो पटक हाइब्रिड एजुकेसन फेयर सम्पन्न, सयौँ विद्यार्थी लाभान्वित

  • मात्र एजुकेशन
  • आइतबार, कार्तिक ७ २०७८


काठमाडौँ- नेपालमै पहिलो पटक विदेश पढ्न जाने विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेसन फेयर सम्पन्न भएको छ। शनिवार काठमाडौँको एभरेस्ट होटल तथा चितवनको फर्न रेजिडेन्सिमा सम्पन्न कार्यक्रमबाट एकैपटक सयौँ विद्यार्थी लाभान्वित भएका छन्। “स्टडिङ अब्रोड सिम्प्लिफाइड” भन्ने नारासहित स्थापित एडभोएले उक्त मितिमा नेपाल सहित भारत र पाकिस्तानमा पनि एकैपटक फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेसन फेयर सम्पन्न गरेको हो।

कार्यक्रम मार्फत एडभोएले युकेमा रहेका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग कार्यक्रममा उपस्थित रहेका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा जोडेको थियो। कार्यक्रममा भौतिक रूपमा उपस्थित भएका विद्यार्थीलाई एडभोएका कर्मचारीले सहजीकरण गर्दै विश्वविद्यालय प्रतिनिधिसँग जोडेका थिए भने संस्थाका अनुभवी काउन्सिलरहरुले थप विषयमा विद्यार्थीलाई प्रस्ट पारेका थिए। त्यस्तै कार्यक्रममा उपस्थित हुन नसकेका विद्यार्थीलाई पनि एकैपटक उनीहरूले चाहेको विश्वविद्यालयका प्रतिनिधिसँग अनलाइन मार्फत जोड्ने काम भएको थियो। सहभागीहरूले युकेमा पढ्ने विषय, त्यहाँका विश्वविद्यालय, शुल्क र छात्रवृत्ति तथा त्यहाँ रहँदा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी हासिल गरेका थिए । एडभोएले विद्यार्थीहरूले घरमै बसेर पनि ल्यापटप वा मोबाइलका माध्यमबाट युकेमा रहेका सयौँ विश्वविद्यालयहरूका हजारौँ कोर्सहरूमा आवेदन दिन सकिने सरल प्लेटफर्मको विकास गरेको छ।

कार्यक्रममा सहभागी एक विद्यार्थीले आफ्ना लागि यो कार्यक्रम नौलो रहेको भए पनि आफ्नो अपेक्षा भने पुरा भएको प्रतिक्रिया दिए। कार्यक्रम पछि आफ्नो गिफ्ट ह्याम्पर सहित प्रसन्न मुद्रामा निस्किएका उनले विदेश पढ्न जाने सोच बनाएको भए पनि केही आइडिया नभएको आफूलाई कार्यक्रमले ठुलो सहयोग गरेको प्रतिक्रिया दिए।

आवेदन प्रक्रिया एकीकृत र निर्बाध गरेर विद्यार्थीहरूलाई उनीहरूको भविष्यको लागी सबैभन्दा राम्रो निर्णय गर्न मद्दत गर्नका लागि सुरु भएको एडभोएले नेपालमा पनि थुप्रै काम गरिसकेको एडभोएका नेपाल प्रमुख फिलिप डिसि बताउँछन्। उनी अगाडि भन्छन् “विदेश अध्ययन सम्बन्धी सबै जानकारी विद्यार्थीहरूले एउटै सुलभ ठाउँमा पाउन सकुन् भन्ने इच्छाले बनाइएको यो प्लेटफर्मले प्रविधिको माध्यमबाट शिक्षाको संसारलाई सरल बनाउँछ। नवप्रवर्तन मार्फत शिक्षालाई विश्वव्यापी बनाउने लक्ष्य राखेर हामी अगाडी बढेकाले विद्यार्थीहरूलाई सशक्त बनाउँदै उनीहरूको शैक्षिक मार्ग फराकिलो बनाउन हामीले सहयोग गर्दै आइरहेका छौ”।

के हो एडभोए?
आइइसी अब्रोड सँगको सहकार्यमा सुरु भएको एडभोए शैक्षिक परामर्श व्यवसायीहरूलाई जोड्ने एउटा चेन हो। सन् २००७ देखि निरन्तर विश्व शिक्षामा अनुभव हासिल गरेको आइइसी अब्रोडले २० ,००० भन्दा बढी विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक गन्तव्य भेटाउन व्यक्तिगत रूपमा उपयुक्त सल्लाह प्रदान गरिसकेको छ। विद्यार्थीको सम्पूर्ण विदेश यात्राको लागी एउटै प्लेटफर्म बनाएको यो संस्थाले समयसापेक्ष डिजिटल प्रविधि मार्फत विद्यार्थीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । संसारभरबाट विदेश पढ्न जाने विद्यार्थीको पहिलो रोजाइ बनेको एडभोएले विश्वका उत्कृष्ट शैक्षिक संस्थाहरूसँग विद्यार्थीलाई जोड्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड