Matra Education आइतबार, साउन १० २०८३

युनाइटेड एकेडेमीको ‘एचएम फुड फेस्ट’ सम्पन्न

युनाइटेड एकेडेमीको ‘एचएम फुड फेस्ट’ सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, माघ १६ २०८०


काठमाडौँ- कुमारीपाटी ललितपुरमा रहेको युनाइटेड एकेडेमीले ‘एचएम फुड फेस्ट’ सम्पन्न गरेको छ। कक्षा ११ र १२ का होटेल म्यानेजमेन्ट विषय अध्ययन गर्ने विद्यार्थीलाई समावेश गरेर गत बिहीबार र शुक्रवार दुई दिन कार्यक्रम सञ्चालन गरिएको थियो। एकेडेमीको खेलमैदानमा सम्पन्न उक्त कार्यक्रम विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो।

‘एचएम फुड फेस्ट’ का लागि एकेडेमीले १४ वटा छुट्टा छुट्टै समूहको निर्माण गरेको थियो। यी समूहहरूले आफैँले खानाका मेनु तयार पारि विभिन्न परिकारहरू बनाएर होटेल व्यवस्थापनको कक्षामा आफूले सिकेको सिप प्रदर्शन गरेका थिए। १४ वटै समूहको स्टल भ्रमण गर्दा नेपालमा अत्यधिक रुचाइएका प्राय सबै परिकार तयार पारिएको देखिन्थ्यो।

युनाइटेड एकेडेमीले आजको शिक्षा सिपमूलक हुनुपर्छ भन्नेमा सधैँ जोड दिँदै आएको र आफ्ना विद्यार्थीहरूले कक्षाकोठामा सिकेका सिप देखाउन उपयुक्त अवसर दिनुपर्छ भन्ने लागेर ‘एचएम फुड फेस्ट’ आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ। यस किसिमका कार्यक्रमहरूले विद्यार्थीको ज्ञानको दायरा र आत्मविश्वास बढाउने, उनीहरूलाई प्रयोगात्मक सीपहरू दिने र अध्ययन गरेकै विषयमा दक्ष बनाउँदै भविष्यमा सफल बन्नका लागि तयार पार्ने एकेडेमीको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड