Matra Education आइतबार, साउन १० २०८३

युनाइटेड एकेडेमी ग्रुपको दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

युनाइटेड एकेडेमी ग्रुपको दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, असोज २७ २०८०


काठमाडौँ- कुमारीपाटी ललितपुरमा रहेको युनाईटेड एकेडेमी ग्रुपले दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार ग्वार्को स्थित युनाइटेड स्कुलमा आयोजित एक भव्य सांस्कृतिक कार्यक्रमका बिच संस्थाले शुभकामना आदानप्रदान गरेको हो।

कार्यक्रममा युनाइटेड एकेडेमी ग्रुपका संस्थापक देखि ग्रुप अन्तर्गत सञ्चालित शैक्षिक संस्थाहरूमा कार्यरत शिक्षक/शिक्षिका, कर्मचारी तथा आमन्त्रित अभिभावकहरूको उपस्थिति रहेको थियो। त्यस्तै चर्चित गीतकार/गायक राजन राज सिवाकोटीको प्रस्तुतिले कार्यक्रमलाई अझै रोचक बनाएको थियो।

कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गरिनुका साथै अतिथिहरूलाई स्वादिष्ट परिकार र गायन, नृत्य लगायतका विविध प्रस्तुतिले मनोरञ्जन प्रदान गरिएको थियो। प्रस्तुतिहरू मनोरञ्जनात्मक सहित सन्देशमूलक पनि थिए।

युनाईटेड एकेडेमी ग्रुप विगत २६ वर्षदेखि शैक्षिक क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्दै आइरहेको संस्था हो। यहाँ क्लिक गरेर मात्र एजुकेसनले कार्यक्रममा खिचेका केही तस्बिरहरू हेर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड