काठमाडौँ- युनाइटेड एकेडेमी कुमारीपाटी ललितपुरले ‘रोबो फेस्ट २.०’ आयोजना गर्ने भएको छ। आगामी फागुन २१ गते कार्यक्रम आयोजना गर्न लागिएको हो। एकेडेमी भित्र अध्ययनरत विद्यार्थीहरूको रोबोटिक्समा रुचि अभिवृद्धि गर्न र त्यस क्षेत्रमा उनीहरूले हासिल गरेको दक्षता प्रदर्शन गर्ने अवसर प्रदान गर्नका लागि ‘रोबो फेस्ट’ आयोजना गर्न लगिएको एकेडेमीले जानेको छ। यो पटकको ‘रोबो फेस्ट’ को थिम ‘रकेट’ रहेको छ।
सन् २०१७ देखि निरन्तर यस किसिमका प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको युनाइटेड एकेडेमी आफैँले तिन वटा प्रतिष्ठित अवार्डहरू हात पारिसकेको छ। यन्त्र ६.०, यन्त्र ७.० र आक्वाबोटको अवार्ड एकेडेमीले आफ्नो नाममा गरिसकेको छ।
‘रोबो फेस्ट २.०’ मा युनाइटेड एकेडेमीका विद्यार्थीहरूले निर्माण गरेको २२ वटा रोबोर्ट तथा रकेट सँग सम्बन्धित विभिन्न परियोजनाहरू प्रदर्शनमा राखिनेछ। त्यस्तै देशभरका जुनसुकै शैक्षिक संस्थाले खुला प्रतिस्पर्धा गर्न सक्ने गरी दुई वटा रोबोटिक्स प्रतियोगिता पनि कार्यक्रमका लागि राखिएको छ। ‘रोबो सकर’ र ‘रोबो रेस’ मा यी विद्यालयहरूले प्रतिस्पर्धा गर्न पाउनेछन्। आगामी फागुन ९ गते सम्म नाम दर्ता गराउने विद्यालयहरूलाई ‘रोबो रेस’ मा १५०० रुपैयाँ र ‘रोबो सकर’ मा २००० रुपैयाँ दर्ता शुल्क तोकिएको छ। त्यसपछि भने यो दर्ता शुल्क बढ्ने आयोजकले उल्लेख गरेको छ। यी प्रतिस्पर्धाहरूमा विजयी हुने विद्यालयले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्।
कार्यक्रममा सहभागी हुनका लागि दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्।